कोरोना महामारीको युद्ध जितेको चीन भ्रमण गरेका नेपाली विद्यार्थीको अनुभव

काठमाडौँ । चीनबाट सुरु भएको कोरोना भाइरसको विश्व महामारीका कारण अहिले विश्व लकडाउनको स्थितीमा छ। अझै यो कुन र कस्तो दिशामा जान्छ, कसैले भन्न सक्ने अवस्था छैन्। तर चीनबाट सुरु भएको कोरोना भाइरसलाई चीनले भने नियन्त्रणमा लिइसकेको छ। त्यो पनि थोरै दिनमा धेरै सजगताका साथ कम मानबिय क्षति हुनेगरी। यस्तै अच्चम्म र अविश्वासिलो काम गरिरहन्छ चीनले भन्ने सुनेको अहिले पनि त्यस्तै गर्यो।  नेपालमा पनि चीनले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, चक्रपथको बाटो, सिभिल हस्पिटल आदी बनाएको थियो। नेपाललाई भूकम्पको बेलामा पनि ठूलो सहयोग गरेको सुनेका थियौँ । चीनका ठूला ठूला बिकास र चमत्कार बेला बेला सुनिराख्थ्यौँ हामीले हाम्रो स्कुलका निर्देशक सरबाट पनि । चीन घुमेर आएको बेला चकलेट खुवाउन ल्याउनुहुन्थ्यो कक्षा मै । अनि कहिले काही घुमेका देशको सस्मरण सुनाउनुहुन्थ्यो । सुन्दा अचम्म लाग्थ्यो। हामी पनि जान पाइएला कुनै दिन जस्तो लाग्थ्यो । किनकी स्कुलले बेला बेलामा हामीलाई पनि बिदेश भ्रमण लान्थ्यो र हामी पालै पालो घुम्थ्यौँ । धेरै कुरा सिक्थ्यौँ । यो स्कुले जीवनमै देश बिदेश घुम्न पाउनु, सिक्ने अवसर पाउनु मेरा लागि मात्रै होइन धेरै स्कुले विद्यार्थीका लागि सौभाग्य नै मान्नु पर्छ। जुन लालिगुँरास स्कुलमा पढेर हामीले प्राप्त गर्यौँ अहिले भने म २०७६ असार–श्रावण महिनामा आफूले १० दिन चीन मुख्यतः बेइजिङ घुम्दा त्यहाँको भूगोल, इतिहास, संस्कृती, रहनसहन, बिकास, त्यहाँका विद्यालय, विद्यार्थी, शिक्षक, पढाई, सिकाइ, अनुसासन आदीका बारेमा केही रमाइला र केही अविष्मरणिय पलहरु यहाँ कोर्ने जमर्को गरेकी छु।
Read more at: https://dainikonline.com/story/30357/2020/4/18/studant-china

Leave a Comment

Your email address will not be published. Required fields are marked *